सरकारले प्रतिबन्ध लगाएका देशमा रहेका नेपाली नागरिक तत्काल नेपाल आउन नपाउने भएका छन ।नेपालामाअ कोरोनाको सङ्क्रमण रोक्न यस्तो ब्यबस्था गरिएको सरकारले जनाएको छ । सरकारले गरेको यस्तो ब्यबस्था भोलि मध्यरातबाट लागू हुनेछ ।
कोरोना भाइरस नियन्त्रणको प्रयासमा सरकारले बुधबार मात्र युरोप, पश्चिम एसिया, खाडीसहितका ५५ मुलुलबाट चैत ३० सम्म नेपाल आउन रोक लगाउने निर्णय गरेको छ ।
‘अहिलेको अवस्थामा भिसा सकिएका वा बिरामी कोही पनि नेपाल आउन पाउने छैनन्,’ सरकारले आयोजना गरेको पत्रकार सम्मेलनमा बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए।








