चीनको भूकम्पको धक्का काठमाडौसम्म



काठमाडौं । काठमाडौँमा शुक्रबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ७ः१८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार, नियाताङजियाङ केन्द्रविन्दु भएर ६.२ रेक्टर स्केलको भूकम्प गएको हो । केन्द्रका अनुसार, काठमाडौंसम्म यही भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्पको इपिसेन्टरलगायतमा यसबाट पुगेको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : चैत्र ७, २०७६ शुक्रबार  १ : ४८ बजे