पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट गराएको अभियोगमा विप्लव समुहका तीनजना पक्राउ



लोकन्थलीस्थित पूर्वरमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराएको आरोपमा विप्लव नेकपाका तीनजना पक्राउ परेका छन् ।

कैलालीका लक्ष्मण सेठी, अमृत कुमाल र कालिकोटका टेक लोहार (भिसेक गिरी)लाई पक्राउ गरिएको प्रहरिले जनाएको छ ।

महानगरीय अपराध महाशाखा, काठमाडौंका प्रमुख सहकुल थापाले काठमाडौंका विभिन्न क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

गत फागुन २८ गते बाँस्कोटाको घरमा बम विस्फोट भएको थियो । विस्फोटकै दिन विप्लव समूहको भक्तपुर जिल्ला सदस्य देवीबहादुर गुरुङ पक्राउ परेका थिए ।

पूर्वरमन्त्री गोकुल बाँस्कोटा भ्रष्टाचार मा सम्लग्न भएकोले उनको घरमा बिष्फोट गराइएको घटना पछी बिज्ञप्ती जारी गरेर बिप्लब नेकपाले जनाएको थियो ।

प्रकाशित मिति : चैत्र ७, २०७६ शुक्रबार  ४ : ५० बजे