चैत २१ सम्म देशभरका अदालतहरु बन्द गर्ने सर्बोच्च अदालत ‘फुल काेर्ट’काे निर्णय



कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभरका अदालतहरु दुई साता बन्द हुने भएका छन ।सर्वोच्च अदालतमा शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षतामा शुक्रबार बसेको ‘फुल कोट’ बैठकले यस्तो निर्णय निर्णय गरेको हो ।

सर्वोच्चसहित देशभरका अदालतमा कोरोना भाइरसको संक्रमणको जोखिममा रहेको भन्दै वकिलहरुले सुनुवाइ स्थगित गर्न माग गरेपछि आज फुल कोर्टको बैठक बसेको थियाे।

अदालतहरु आगामी चैन २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय भएको सर्वोच्च अदालत उच्च स्रोतले जानकारी दिएको हो ।

प्रकाशित मिति : चैत्र ७, २०७६ शुक्रबार  ७ : ०७ बजे