प्रधानमन्त्री केपी शर्माओलीले शुक्रबार देशबासीलाई सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले शुक्रबार अपरान्ह ६ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका हुन् ।
नागरिकहरुमा कोरोना भाइरस सङ्क्रमणको त्रास बढिरहेको बेला प्रधानमन्त्री ओलिले सम्बोधन गर्न लागेका हुन ।
सम्बोधनका क्रममा सरकारी सञ्चारमाध्याम बाहेक अरु पत्रकारलाई प्रवेश नदिइएको जनाइएको छ ।
सम्बोधन नेपाल टेलिभिजन र रेडियो नेपालबाट प्रसारण हुनेछ ।








