प्रधानमन्त्री ओलिको सम्बोधन : अत्यावश्यक बाहेकका सेवा बन्द गरिने



सरकारले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई सम्बोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न आग्रह गरेका हुन् ।

यस अवधिमा चालू हुने र बन्द हुने सेवाबारे नेपाल राजपत्रमा सूचना जारी हुने प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले यही चैत १० गतेदेखि केही अवधिका लागि लामो दूरीमा चल्ने सबै यात्रुबाहक सवारीसाधन बन्द गरिने पनि जनाए । सो अवधिमा अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन, भीडभाडमा नजान, सरसफाइमा ध्यान दिन, अनावश्यकरुपमा खाद्यान्नको सञ्चित नगर्न, चिकित्सकको सल्लाह लिन र आतङ्कित नहुन पनि उनले आह्वान गरे । बजारमा कृत्रिम अभाव हुन नदिन र भएको पाइएमा कडा कारवाही गरिने पनि प्राधाअनमन्त्रीले स्पष्ट पारे ।

उनले कोरानाको महामारीले विश्वव्यापी रूपमा अर्थतन्त्रमा परेको प्रभावको विषयमा अर्थ मन्त्रालयले सूक्ष्म अध्ययन गरिरहेको बताए । त्यसका आधारमा अर्थतन्त्रमा संकुचन नआउने गरी छुट्टै प्योकज ल्याउन उनले घोषण गरेका हुन् ।उनले उद्यमी तथा र श्रमजीवी– श्रमको संसारका सबै सहयात्रीमा यस महामारीले सिर्जना गर्न सक्ने प्रतिकूलताप्रति सरकार संवेदनशील रहेको भन्दै त्यसलाई सम्बोधन गर्ने उद्घोष गरे ।

प्रकाशित मिति : चैत्र ७, २०७६ शुक्रबार  २ : ०५ बजे