प्रतिबन्ध उल्लंघन गर्दै विदेशी एयरलाइन्सले काठ्माण्डौ उतारेका ५५ नेपालीलाई खरिपाटी क्वारेन्टाइन पठाइयो



नेपाल सरकारले घोषणा गरेको प्रतिबन्ध उल्लंघन गर्दै विदेशी विमान कम्पनीमार्फत ६१ जना नेपाली काठमाडौं आइपुगेपछी उनिहरुलाई सरकारले खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टाइनमा पुर्यएको छ ।

थाइ एयरवेजले ४९ र एयर इण्डियाले १२ जना नेपालीलाई काठ्माण्डौ विमानस्थलमा ल्याएको अध्यागमन बिभागले जनाएको छ । सरकारी निर्णय उल्लंघन गर्दै ती एयरलाइन्सले जापान, मलेसियालगायत मुलुकमा रहेका नेपालीलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गराएका हुन् ।

सरकारी निर्णय अवज्ञा गर्ने एयरलाइन्सलाई सचेत गराउने र फेरी अटेर गरे नियम अनुसार कारबाही गरिने अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए।दुबई कतार लगायतका देशहरुमा रहेका नेपालीहरु अन्यत्र ट्रान्जिट बनाएर नेपाल आएको बताइएको छ ।

प्रकाशित मिति : चैत्र ८, २०७६ शनिबार  १२ : ३३ बजे