सामाजिक सञ्जालमा कोरोना भाइरसबारे अफवाह फैलाउने एकजनालाई नेपाल प्रहरिको साइबर व्युरो टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २१ वर्षीय विवेक थापा मगर छन् ।
पक्राउ परेका बिबेकले नर्भिक इन्टरनेशनल हस्पिटलमा अस्पतालमा ८ जना कोरोना भाइरसबाट संक्रमित फेला परेको सूचना एकजना चिकित्सकले बताएको क्लिप बनाएर ‘भाइरल’ बनाएको बिषयमा प्रहरिले थप अनुसन्धान गरिरहेको बताइएको छ ।








