नेपाली कांग्रेसले भोलिदेखि लागु हुनेगरी पार्टीको कृयाशिल सदस्यता बितरण देखी अन्य कार्यक्रमहरुसमेत स्थगित गरेको छ ।
१४ औँ महाधिवेशनको तयारी चलिरहेका बेला कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरेर चैत्र ९ देखि लागु हुनेगरि पार्टिको महाधिबेशन तयारिका सबै कामहरु ०७६ चैत्र मसान्तसम्मका लागि स्थगित गरिएको जनाएका छन ।
प्रवक्ता शर्माले जारी गरेको विज्ञप्ति :
१, प्राणघातक कोरोना भाइरसको जोखिम दृस्टिगत गरेर ठुला भेला र सम्मेलनहरु यसअघिनै स्थगित गरिएको भएपनी चौधौं महाधिवेशन तयारीसंग सम्बन्धित (कृयाशिल सदस्यता नवीकरण र वितरण एवं बांकी समायोजन) कार्य जारी राखिएका थिए ल तर पछिल्लो समयमा अझ बढेको जोखिमबाट थप सतर्कताका लागि चैत्र ९ देखि लागु हुनेगरि ती कार्य ०७६ चैत्र मसान्तसम्मका लागि स्थगित गरिएका छन्
२, `शहरदेखि गाउँसम्म, गाउँको टोल हुँदै घरघरसम्म´ कोरोना सचेतना अभियानमा पार्टीपंक्तिको कृयाशिलता भने सतर्कतापुर्वक विविध ढंगले जारी रहनेछ
३, जिल्ला, क्षेत्र, गाउँ-नगर हुँदै टोल तहसम्म जोखिम सामना गर्ने रास्ट्रीय दायित्व निर्वाहमा नेपाली कांग्रेसको सम्बन्धित तहका साथीहरूले विभिन्न दल, समुदाय र स्वास्थकर्मिहरुसंग आवश्यक समन्वय, सहयोग र स्वयंसेविको भुमिका निभाउनु हुनेछ
४, सचेतना अभियानमा संचारका विविध माध्यमको प्रयोगमा तिब्रता दिइनेछ
५, स्थलगत सांगठनिक गतिविधि रोकिएको यो अवधीमापनी मुलतः कोरोना सचेतना अभियानको आवश्यकता अनुसार नेपाली कांग्रेस केन्द्रीय कार्यालय खुला रहनेछ
जय नेपाल ।
विश्वप्रकाश शर्मा
प्रवक्ता एवं प्रमुख
सूचना, संचार एवं प्रचार विभाग








