कोरोना भाइरसका कारण इटलीमा एकैदिन ७ सय ९३ को मृत्यु भएको छ ।
संक्रमणले संसारभरी अहिलेसम्म १३ हजार बढीको मृत्यु भइसकेको छ ।साथै संक्रमितको संख्या ३ लाख नाघिसकेको छ । कोरोना भाइरसका कारण इटलीमा सबैभन्दा धेरै मृत्यु भइरहेको छ । इटलीमा ४ हजार ८ सय २५ जनाको मृत्यु भइसकेको छ ।
तेस्तै इरानमा १५ सय ५६, स्पेनमा १३ सय ८१, फ्रान्समा ५६२, अमेरिकामा ३२३, बेलायतमा २३३, नेदरल्याण्डमा १३६, दक्षिण कोरियामा १०२, जर्मनीमा ८४, स्वीटजरल्याण्डमा ८०, बेल्जियममा ६७ जनाको ज्यान गएको छ ।
दक्षिण एसियामा १० जनाको ज्यान गइसकेको छ । सबैभन्दा बढी भारतमा ४ जनाले ज्यान गुमाए ।
संक्रमितको संख्या ५ लाख ५ हजार २३४ पुगेको छ । सबैभन्दा बढी चीनमा ८१ हजार ३२१ रहेका छन् । तीव्र गतिमा बढ्ने क्रममा इटालीमा संक्रमित ५३ हजार ५७८ रहेका छन् ।
अमेरिकामा २५ हजार ४९३, स्पेनमा २५ हजार ३७४, जर्मनीमा २२ हजार २१३, इरानमा २० हजार ६१०, फ्रान्समा १४ हजार ३०८, दक्षिण कोरियामा ८ हजार ७९९ र स्वीटजरल्याण्डमा ६ हजार ५७५ जना संक्रमित छन् ।
९२ हजार २९६ जना निको भएर घर फर्केका छन् ।
त्यसमा सबैभन्दा बढी चिनियाँ नै हुन् । इरनामा ७ हजार ६ सय ३५, इटालीमा ६ हजार ७२ तथा स्पेनमा २ हजार १ सय २५ जना निको भएका छन्










