कञ्चनपुरमा जिल्ला प्रशासन कार्यालयले सर्वसाधारण नागरिकलाई आकस्मिक उपचारबाहेक अन्य कामका लागि आइतबार राति १२ बजेदेखि घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको बैठकले यस्तो आह्वान गरेको हो । प्रशासनले आइतबार रातिदेखि खाद्यान्न, दूध, औषधि, पानी, पेट्रोलियम पदार्थ र उद्धार तथा राहतको काममा संलग्न यातायातबाहेक सबै प्रकारका पसल, ब्यवसाय, उद्योग, कलकारखाना बन्द गराउन पनि प्रशासनले आग्रह गरेको छ ।
यदि सूचनाको बर्खिलाप गरी घरबाहिर निस्किए सुरक्षाकर्मीले कानून बमोजिम कारबाही गर्न सक्ने प्रशासन कार्यालयले सूचना जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले आइतबार रातिदेखि जिल्ला ‘लक डाउन’ हुने बताए । ‘शब्दमा उल्लेख गर्दा थप त्रास होला भनेर हो’ उनले भने,‘ यो कर्फ्युजस्तै हो । यसलाई लक डाउन भन्दा पनि हुन्छ ।’
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थाले पछी नेपाल भारत सिमा बन्द गर्न र सिमानाकाबाट नेपाल आउनेहरुको ब्यबस्थापन गर्न सरकारमाथी दबाब बढेको छ ।
यस सगै भारतसगका सिमा नाकाहरु बन्द समेत गर्न थालिएको छ ।










