कालोबजारीका लागि लुकाएर राखेको अवस्थामा विराटनगर महानगरपालिकाले ठूलो परिणाममा मास्क र सेनिटाइजर बरामद गरेको छ । आइतबार विराटनगर–९ घोगापुलमा राजेश अग्रवालले सञ्चालन गरेको श्री सूर्जी इम्पेक्सबाट एघार हजार ३ सय ५० थान मास्क बरामद गरेको हो ।
अनुगमन टोलीले विराटनगर महानगरपालिका ९, घोगापैनीस्थित श्री सर्जिइम्पेक्सले लुकाएर राखेको सर्जिकल मास्क बरामद गरेको हो । विराटनगर महानगरपालिकाको टोली आइतबार अनुगमानमा खटिएको थियो ।
बजारमा मास्कको अभाव भएको अवस्थामा कालोबजारी गरेको सूचना पाएपछि विराटनगर महानगरपालिका, औषधि व्यवस्थापन विभाग र प्रहरीको टोलीले छापा मारेको थियो । छापा मार्ने क्रममा बोरामा लुकाएर राखेको अवस्थामा ११ हजार ३ सय ५० थान मास्क बरामद भएको विराटनगर महानगरपालिकाका स्वास्थ्य महासाखा प्रमुख रमेश क्षेत्रीले जानकारी दिए ।










