कोरोना रोकथाम र नियन्त्रण कोषमा सबै सांसदको एक महिनाको तलब जम्मा गर्न गगन थापाको आग्रह



कांग्रेस सांसद एबम युबा नेता गगन थापाले सरकारले सरकारले गठन गरेको कोरोना कोषमा सबै सांसदको एक महिनाको तलब जम्मा गर्न आग्रह गरेका छन्।

पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका नेता थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो आग्रह गरेका हुन । नेता थापाले भनेका छन ‘सरकारको काेराेना काेषमा हामी प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गराैं।जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्राेत जुटाउन साथमा छौं भनेर सरकारलाई आश्वस्त पारौँ। संगैमा सरकारलेपनि यो विपदमा एकजना नागरिकलाई पनि अप्ठ्यारो पर्नदिने छैन भनेर आश्वस्त पारोस्।

नेता थापाले सांसदको एक महिनाको तलब उक्त कोषमा जम्मा गरेर विपद श्रोत जुटाउन सकिन्छ भनेर नागरिकलाई आश्वस्त पार्न उनले आग्रह गरेका हुन् ।

उनले ट्विटरमा थप भनेका छन्, “सँगैमा सरकारले पनि यो विपदमा एकजना नागरिकलाई पनि अप्ठ्यारो पर्न नदिने सरकारले आश्‍वस्त पार्नुपर्दछ ।”

प्रकाशित मिति : चैत्र १०, २०७६ सोमबार  ७ : ४१ बजे