त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर सोमबार विभिन्न देशका लागि ४ वटा उडान तालिका तय भएका छन् ।
नेपालमा रहेका विदेशी नागरिकलाई लैजानका लागि सो उडान तालिका तय भएको विमानस्थल प्रहरी प्रमुख रामकृपाल शाहले जानकारी दिए ।
उनका अनुसार कतार एयरलाइन्स र सिल्क एयरलाइन्स १–१ वटा फ्लाइट रहेको छ भने इतिहाड एयरलाइन्सको दुई वटा उडान रहेको छ ।
कोभिड १९ को संक्रमण हुनसक्ने जोखिमलाई ध्यान दिँदै सरकारले विदेशबाट आउने उडानमा भने पूर्णरुपमा प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध चैत १८ गतेसम्म जारी रहनेछ ।










