भोलिदेखी विराटनगर पनि ‘लकडाउन’: प्रदेश १ मा सार्बजनिक यातायात नचल्ने



कोरोना संक्रमणको त्रास बढेपछि विराटनगर महानगरपालिकाले मंगलबारबाट लकडाउन गर्ने निर्णय गरेको छ ।कोरोना त्रास फैलिएपछि सोमबार महानगरले आयोजना गरेको सर्वपक्षिय छलफलमा लक डाउन गर्ने सुझाव आए पछी विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।

भारतको बिहारमा कोरोना संक्रमकणबाट एकजनाको मृत्यु भएपछि विराटनगर महानगरपालिकाले मंगलबार विहानदेखि अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरेको रा लकडाउनमा अत्यावश्यक बाहेक अन्य सेवा बन्द हुने मेयर  पराजुलीले जानकारी दिए ।कोरोना त्रासका कारण नगरकै स्थानीयको सक्रियतामा लक डाउन गरिने पराजुलीले बताए ।‘लकडाउन’ गर्दा प्रेस, पानी, अस्पताल, औषधि पसल, खाद्यान्य, दुध बिक्री केन्द्र, बैंकतथा वितिय संस्था सहितका अत्यावश्यस सेवा बाहेक अन्य सेवा बन्द हुनेछन् ।

यसैबिच एक नम्बर प्रदेशमा मंगलबारदेखी सार्वजनिक यातायात –बस सेवा अनिश्चितकालका लागि बन्द हुनेभएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ एक नम्बर प्रदेश समितिले कोरोना संक्रमण रोकथामका लागि मंगलबारदेखी सबै यात्रुबाहक बस बन्द गर्ने निर्णय गरेको हो ।

महासंघका संयोजक सरोज श्रेष्ठले एक जिल्लाबाट अर्को जिल्लामा नजाने र अत्यावश्यक सेवा वाहेक सबै खाले सेवा बन्द गर्न सरकारले गरेको निर्णय स्वागत योग्य भन्दै सर्मथन गर्न मंगलबारदेखी प्रदेशभरि बस सेवा बन्द हुने जानकारी गराए ।

प्रकाशित मिति : चैत्र १०, २०७६ सोमबार  १ : २० बजे