सरकारले भोलिबाट घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस -कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई एक सातासम्म पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको हो ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा सिंहदरबारमा बसेको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणसम्म्बन्धी उच्चस्तरीय समन्वय समितिले भोलि विहान ६ बजेबाट एक सातासम्म घरबाट बाहिर निस्कन रोक लगाएको हो ।निर्णय अनुसार अत्यावश्यक सेवा र अनुमतिप्राप्त बाहेक अरु सवारी साधन चलाउने पाइने छैन ।
अस्पतालका सवारी खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन चलाउन नपाइने बताइएको छ ।
तेस्तै भोलि बिहान ६ बजेदेखि एक हप्ताको लागि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ। सुरक्षाकर्मी, स्वास्थ्यका कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारी बाहेक अरुलाई हिडडुलमा रोक लगाइने सूचना तथा प्रविधि मन्त्री एबम सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।
तेस्तै सरकारले स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवाबाहेक अन्य कार्यालय सञ्चालनकोलागि आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुने गरी अन्यलाई सम्बन्धित कार्यालय प्रमुखले विदा दिने निर्णय पनि गरेको छ।








