मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकाले कोरोना भाइरसको नाम ‘वुहान भाइरस’ राख्न माग गरेपछि…



काठमाडौं । अमेरिकाले विश्वभर फैलिएको कोरोना भाइरसलाई ‘वुहान भाइरस’ भन्नुपर्ने अडान राखेपछि विश्वका सात ठूला राष्ट्रको संगठन जी ७ बैठकमा विवाद भएको छ।

अमेरिकाले सात राष्ट्रका विदेशमन्त्री संलग्न बैठकपछि जारी गरिने संयुक्त वक्तव्यमा कोरोनाको सट्टामा ‘वुहान भाइरस’ लेख्नुपर्ने अडान थियो। तर, अन्य देशहरुले यसरी एक देशलाई केन्द्रित गरेर लेख्न नसकिने भनेपछि संयुक्त वक्तव्य नै जारी हुन सकेन।

‘वुहान भाइरस’ भन्ने शब्द लेख्नुपर्ने अमेरिकी दबाबलाई अरु देशले अस्वीकार गरेपछि समूहमा विभाजन आउनुका साथै वक्तव्य नै अलग्गै आएको छ। अमेरिकी विदेश विभागको सुझाव रातो रेखा भएको र यसरी भाइरसको ब्राण्डिङ गरेर सूचना प्रवाह गरिने विषयसँग सहमत हुन नसकिने एक यूरापेली कूटनीतिज्ञले बताएको सिएनएनले उल्लेख गरेको छ।

अमेरिकी मस्यौदामा महामारी फैलिनुमा चीनमाथि समेत दोष लगाइएको ती कूटनीतिज्ञले बताएको सीएनएनको समाचारमा छ। विश्व स्वास्थ्य संगठनले औपचारिक रुपमा कोभिडी १९ भनेर घोषणा गरेका कारण आफूहरु अमेरिकी अडानमा सहमत नभएको अन्य ६ राष्ट्रको भनाइ छ।

जी ७ मा अमेरिका बाहेक बेलायत, फ्रान्स, जर्मनी, इटाली, जापान र क्यानडा संलग्न छन्।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  ६ : ५९ बजे