प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेका एक ब्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
उनलाई चैत ११ गते अस्पताल भर्ना गरिएको थियो ।उनी दुबईबाट आएको बताइएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले यस बारेमा जानकारी दिएका हुन ।
प्रवक्ता देवकोटाले संक्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।
चौंथो संक्रमित ब्यक्ती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उत्रिएर काठमाडौं हुँदै धनगढी पुगेको खुलेको छ ।
यसबाट उनी क कस्को सम्पर्कमा पुगे भन्नेबारे समेत अनुसन्धान अगाडि बढाइएको छ
स्थानिय पत्रकारहरुले पनि केन्द्रले जानकारी गराएसगै धनगढीमा थप सतर्कता अपनाउन थालिएको बताएका छन ।
यससगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ पुगेको छ ।
यस अघी सङ्क्रमित मध्य एक्जना निको भएर अस्पतालबाट फर्किसकेका छन भने दुइ जनाको हाल टेकु स्थित अस्पतालमा उपचार भई रहेको छ ।










