अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लङ्घन गर्नेविरुद्ध कडारूपमा प्रस्तुत भएको प्रहरीले आज बिहान काठमाडौँबाट २१० लाई नियन्त्रणमा लिएको छ ।
कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले जारी गरेको आदेशलाई बेवास्ता गर्ने १० महिलासहित उनीहरुलाई काठमाडौँको विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक ९डिआइजी० विश्वराज पोखरेलले जानकारी दिए । सो क्रममा ७० मोटरसाइकल र पाँच चारपाङ्ग्रे गाडीलाई समेत नियन्त्रणमा लिइएको छ ।स्वास्थ्यजस्तो गम्भीर विषयमा सरकारी आदेशको अवज्ञा गरेकालाई कडाइ थालेको प्रहरीले आज बिहान ८ बजेसम्मको समयमा उनीहरुलाई नियन्त्रणमा लिएको हो । सरकारी आदेशको पूर्ण कार्यान्वयनका लागि शुक्रबारदेखि अनावश्यक रुपमा पैदल हिँड्नेलाई समेत प्रहरीले थप कडाइ गरेको थियो ।
“पहिलो, दोस्रो दिनमा जानकारी भएन भन्ने कुरा हुनसक्थ्यो, अहिले सबैले थाहा पाएर पनि बेवास्ता गरेको पाइयो, अब कुनै सम्झौता हुन्न, अत्यावश्यकबाहेक हिँड्ने र सवारी चलाउने छुट छैन, प्रहरीले पक्राउ गर्र्छ”, डिआइजी पोखरेलले भने ।पोखरेलले थपे, “दिनदिनै जोखिम रहेको र एउटाको लापरवाहीले आम समुदायलाई नै असर गर्ने भएकाले अब प्रहरी यसमा निर्ममरूपमा अघि बढ्छ, कोही पनि बाहिर ननिस्किनुस् ।”
विश्वव्यापीरूपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि सरकारले यही चैत ११ गतेबाट लागू हुने गरी चैत १८ गते बिहान ६ बजेसम्म अत्यावश्यकबाहेक बाहिर ननिस्कन आदेश जारी गरेको थियो ।
पक्राउ गर्न विशेष फोर्स
प्रहरीले लकडाउनको अवज्ञा लगायत अन्य अवस्थामा पक्राउ गर्न विशेष फोर्स (टोली) गठन गर्न लागेको छ । प्रहरीलाई समेत संक्रमणको जोखिम बढ्नसक्ने भन्दै आवश्यक बचावटको समाग्रीसहित नियन्त्रण÷पक्राउ गर्न छुट्टै टोली गठन गर्न लागिएको हो । डीआईजी पोखरेलले यसबारे आवश्यक गृहकार्य भइरहेको बताए ।
यस्तै काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्नेलाई प्रविधिको प्रयोग गरी प्रहरीले नियन्त्रणमा लिन थालेको छ । लकडाउन उल्लघन गरी हिँड्नेलाई नियन्त्रणमा लिन महानगरीय प्रहरी कार्यालयले मातहतका कार्यालयहरूलाई १५ थान मुल्तिफुन्क्सनअल अर्एस्त एन्ड रेस्कुए डेभाइस दिएको छ ।
अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कनुस भित्रै बस्नू भन्दाभन्दै केही मानिस बिना काम बाहिर निस्किरहेकाले नियन्त्रणमा लिँदा प्रहरीलाई पनि खतरा हुन सक्ने भएकाले जोखिम कम गर्न डिभाइसको सहायताले नियन्त्रणमा लिन लागिएको पोखरेलले जानकारी दिए ।
नियन्त्रण लिनु पर्ने मानिस भन्दा २÷३ मिटर टाढैबाट नियन्त्रणमा लिन सकिने पोखरेलले बताए ।








