लक डाउनको बेला कुनै समस्या परे सम्झनुहोला : कांग्रेस नेता प्रकाशमान सिंह



नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लकडाउनले श्रमजीवी तथा विपन्न वर्गलाई दैनिक गुजारा चलाउन कठिन भएको भन्दै सरकारसँग तत्काल राहत प्याकेज ल्याउन माग गरेका छन् ।  नेता  सिंहले कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’को कठिन परिस्थितिमा कुनै गम्भीर समस्या आएमा आफू र आफ्नो सचिवालयमा सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।

सिंहले आइतबार एक विज्ञप्तिमार्फत लकडाउनको समयमा स्वदेश तथा विदेशमा रहेका नेपालीले कुनै गम्भीर समस्या आइपरेमा सचिवालयका श्रीराम लामिछाने ९९८५१००८८५७० र युपी लामिछाने ९९८५१०८३४४०० लाई सम्पर्क गर्न आग्रह गरेका हुन ।

यसैगरी निर्वाचनमा सदैव विजयी गराउने काठमाडौं निर्वाचन क्षेत्र नम्वर १ का जनताका लागि कुनै समस्या परेमा नेता सिंह ९९८५१०२३७६४० प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठ ९९८५१००५१७२५० प्रदेशसभा सदस्य राजेन्द्र गुरुङ ९९८५१०८४५४२०, प्रदेशसभा सदस्य उम्मेदवार सुरज लामिछाने ९९८५१०३६१३६० पार्टीका क्षेत्रीय सभापति प्रकाश राणा ९९८५१०३८००८० लगायत एक दर्जन व्यक्ति सचिवालयका व्यक्तिको मोबाइल नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

उनले आइतबार विज्ञप्ति जारी गर्दै सर्वसाधारणका लागि दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन औषधि उपकरणको पर्याप्त व्यवस्था, उपचारमा संलग्न चिकित्सक तथा सम्पूर्ण टिमका लागि अत्यावश्यक सुरक्षा उपकरण र उनीहरूको हौसला बढाउने खालका निर्णय लिन पनि सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति : चैत्र १६, २०७६ आइतबार  ९ : ३५ बजे