कोरना भाईरसको संक्रमण लाई रोक्नका लागि भन्दै नेपाल सरकारले गरेको लक डाउँनका कारण छाक टार्न समस्या भएकाहरुलाई राहत दिईने भएको छ । डडेलधुरा स्थित कमाण्ड पोष्टको जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा आईतवार वसेको वैठकले जिल्ला भरीमा रहेका दैनिक ज्यालादारी गरेर छाकटार्नेहरुको तत्थ्यांक संकलन गरि सकेपछि राहत दिने निर्णय गरेको हो ।
राहत वितरण गर्नका लागि जिल्लामा रहेका सातवटै स्थानिय तहलाई सुचना जारी गरेको सकेको र जति सक्यो छिटो तथ्यांक संकलन गरेपछि राहत वितरण गरिने डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले वताउँनु भयो ।‘गरिव अर्थात दैनिक ज्यालादारी नगरी छाक टार्न समस्या हुनेहरुको पहिचान गरेर दैनिक उपभोग्यका लागि आवश्यक पर्ने खाध्यान्न वितरण गरिन्छ ।’उनले भने । ‘स्थानिय तहलाई पहिलेनै जानकारी गराइएको भएपनि वैठकवाट निर्णयनै गरेका छौं।जस्वाट ज्यालादारी हरु भोक भोकै वस्नु पर्दैन । ’
लक डाउनका कारण काम नपाएर कोही भोकै नरहुन भन्ने उदेश्यले सातवटै स्थानिय तहका प्रमुख सहितको जिल्ला स्थित उच्च स्तरीय समितिले निर्णय गरेको हो । राहतमा दैनिक छाक टार्नका लागि चामल,दाल,तेल,नुन सहितका खाध्यान्न सामग्री दिईने भएको छ ।डडेलधुराका विभिन्न स्थानिय तहमा दैनिक ज्यालादार िगरेर जिविको पार्जन गर्नेहर लक डाउँनका कारण समस्यामा परेका छन् ।










