मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वभर कोरोनाबाट ३४ हजारको ज्यान गयो, कुन देशमा कति जनाले गुमाए ज्यान



काठमाडौं । विश्वभर कोरोना भाइरसबाट अहिलेसम्म ३३ हजार ९५६ जनाको ज्यान लिएको छ भने संक्रमित हुनेहरुको संख्या ७ लाख २१ हजार ३३० रहेको छ ।

संक्रमणबाट आजसम्ममा २६ हजार ७८९ जना गम्भीर स्वास्थ्य अवस्थाका बीच अस्पतालमा उपचाररत्त रहेका छन्ट भने १ लाख ५१ हजार जना भने निको भएर घर फर्कीएका छन् । कोरोनाबाट सबैभन्दा बढी संक्रमित अमेरिकामा १ लाख ४१ हजार ८१२ जना भएका छन् । आइतबार मात्रै १८ हजार २३४ नयाँ संक्रमित थपिएका छन् । मृतकको संख्या २ हजार ४७५ पुगेको छ । २५५ जना नयाँ मृतक हुन् ।

यस भाइरसका कारण इटालीमा ९७ हजार ६८९ संक्रमित भएका छन् । ५ हजार २१७ नयाँ संक्रमित थपिएका छन् । मृतकको संख्या १० हजार ७७९ पगेको छ । ७५६ नयाँ मृतक हुन् ।

चीनमा भने नयाँ संक्रमित र मृतक थपिएका छैनन् । ८१ हजार ४३९ संक्रमित हुँदा ३३ सयको ज्यान गएको छ । स्पेनमा ८० हजार ११० जना संक्रमित भएकामा ६ हजार ८०३ जनाको ज्यान गएको छ ।

उता जर्मनीमा पनि पछिल्लो समयमा संक्रमित हुनेको संख्या बढ्दै गएको छ । त्यहाँ ६२ हजार ९५ जना संक्रमित भएकामा ५४१ जनाको ज्यान गएको छ । फ्रान्समा २६ सय ६, इरानमा २६ सय ४०, बेलायतमा १२२८, स्वीटजरल्याण्डमा ३००, नेदरल्याण्डमा ७७१, बेल्जियममा ४३१, दक्षिण कोरियामा १५२, टर्कीमा १३१, अष्ट्रियामा ८६, क्यानडामा ६५, पोर्चुगलमा ११९, नर्वेमा २५, ब्राजिलमा १३६, इजरेलमा १५, स्वीडेनमा ११०, आयरल्यान्डमा ४६, मलेसियामा ३५, डेनमार्कमा ७२, चिलीमा ७ जनाको ज्यान गएको छ । जापानमा ५४ जनाको ज्यान गएको छ ।

दक्षिण एसियामा भारतमा २७, पाकिस्तानमा १४, अफगानिस्तानमा ४, श्रीलंकामा १ जनाको ज्यान गएको छ ।

साथै यस संक्रमणबाट बंगलादेशमा ४८, माल्दिभ्समा १७, नेपालमा ५ र भुटानमा ४ जना संक्रमित भएका समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ४ : ०८ बजे