नेपाल तरुण दल विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को महामारीविरुद्ध लड्न देशब्यापी अभियान चलाउने भएको छ ।
दलका अध्यक्ष जितजङ बस्नेतले बिज्ञप्ती जारी गर्दै बिदेश्बाट स्वदेश फर्किएका नागरिकलाई क्वारेन्टाइनसम्म पुग्ने व्यवस्था मिलाउन मातहतका सबैलाईलाई निर्देशन दिदै देशब्यपी अभियानको थालनी गरिने जनाएका हुन ।
दलले सबै जिल्ला समितिलाई परिपत्र गरी यो अवधिमा दैनिक जीवन कठिन बन्न सक्ने भएकाले स्थानीय प्रशासनको अनुमति लिई सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरेको छ ।
त्यस्तै तरुण दलले खाद्यान्न, तरकारी, दुध, औषधि, पानीलगायत दैनिक उपभोग्य सामान खरिद गर्दा भीड हुन नदिन सहयोग गर्ने,ज्याला मजदुरी गरेर साँझ विहानको छाक टार्ने वर्गलाई जीवन निर्वाहका लागि सहयोग गर्न पनि निर्देशन दिएको छ ।
लकडाउनको अवधिमा आफ्नो वरपरको वातावरण सरसफाइमा ध्यान दिन र सुरक्षित तरिकाले घरमै बसेर केही समयलाई सामाजिक दूरी कायम गर्न पनि तरुण दलले सबैलाई अपिल गरेको छ ।
परिपत्र
श्री अध्यक्ष जी,
नेपाल तरुण दल,
सबै जिल्ला समितिहरु
विषयः परिपत्र
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सिङ्गो विश्व समुदायले कठिन परिस्थितिको सामाना गरिराख्नु परेको छ । हालसम्म यो भाइरसको नियन्त्रण र रोकथामको लागि कुनै पनि औषधी, उपचार र थप उपाय पत्ता लाग्न नसकेका कारण व्यक्तिगत रुपमा अपनाइने सर्तकता, कायम गर्नुपर्ने सामाजिक दुरी नै यो भाईरस रोकथामको उपाय हो ।
त्यसैकारण सरकारद्वारा एक साता अघिदेखि सुरु गरिएको लकडाउन आगामी चैत्र २५ गतेसम्मका लागि थप गरिएको छ । यस अवधिमा दैनिक जनजीवन थप कठिन बन्ने सम्भावना रहन्छ । यस्तो अवस्थामा स्थानीय प्रशासनसँग अनुमति लिई र नियम क्रियाकलापमा सहजीकरण गर्न–गराउनका लागि जिल्ला अध्यक्षज्यूहरुलाई यो परिपत्र गरिन्छ ।
बाहिरी मुलुकबाट आएका व्यक्तिहरु क्वारेन्टाइनसम्म पुग्न नसकेका र नपुगेका भए प्रशासनसँग सहयोग लिई पुग्ने वातावरणको सिर्जना गरी सहयोग गर्ने ।
सरकारले लागु गरेको लकडाउनको पूर्णपालना गर्न र गराउन आवश्यक भूमिका निर्वाह गर्ने ।
देशका विभिन्न भू–भागबाट तपाईंहरुको ठाउँमा आई बसोबास गर्ने व्यक्तिलाई कुनै समस्या परेको भए सो समस्या समाधान गर्न सहयोग गर्ने ।
लकडाउनका कारण आप्mनो गन्तव्यसम्म पुग्न नपाई बीचबाटोमा अलपत्र परेका व्यक्तिहरुलाई प्रशासनको सहयोगमा गन्तव्यसम्म पुग्न र खान बस्नको व्यवस्थापन गर्ने ।
खाद्यान्न, तरकारी, दुध, औषधी, पानीलगायत दैनिक उपभोग्य सामानको खरिद गर्दा भीडभाड हुने भएकाले केही सजगता र एक–अर्काबीच दुरी कायम गर्नुपर्ने हुन्छ । यसका लागि स्थानिय प्रशासनको समन्वयमा खरिद प्रक्रियामा सहजीकरण गर्ने ।
लकडाउनको समयमा सम्पूर्ण गतिविधि बन्द गर्नु भएका कारण दिनभरी ज्यालामजदुरी गरेर साँझ–बिहानको छाक टार्ने वर्गलाई समस्या पर्ने भएका कारण ती वर्गको दैनिक जीवन निर्वाहको लागि आवश्यक सहयोग गर्ने ।
भारतका विभिन्न ठाउँबाट नेपाल आउनका लागि हिँडेका नेपाली समुदायका मानिसहरु लकडाउनका कारण देशभरीका विभिन्न सीमा नाकामा अलपत्र परेका हुनाले ती व्यक्तिहरु तोकिएको समय क्वारेन्टाईनमा बस्ने गरी नेपाल भित्रिने सहज वातावरण मिलाउन नेपाल तरुण दलका सम्बन्धित जिल्लाका जिल्ला अध्यक्षहरुले स्थानीय प्रशासनसँग समन्वय गर्ने ।
लकडाउनको समयमा आप्नो वरिपरिको वातावरणको सरसफाईमा ध्यान दिने र आफू, आफनो परिवार र समाजलाई सुरक्षित राख्ने ।
अति आवश्यक कार्यबाहेक अन्य कार्यमा घर बाहिर ननिस्की सुरक्षित तरिकाले घरमै बसी केही समयलाई समाजिक दुरी कायम गरिदिनुहुन अनुरोध गरिन्छ ।
जय नेपाल ।
जीतजंग बस्नेत
मिति स् २०७६–१२–१८








