कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले लकडाउनलाई प्रभावकारी र नागरिकहरुलाई सहज बनाउन सरकारलाई बुदागत सुझाब दिएका छन ।
नेता पौडेलले सामाजिक सञ्जाल ट्विटर मार्फत सरकारलाई सुझाब दिएका हुन ।
सुझाब मार्फत पौडेलले अत्यावश्यक बस्तुहरुकाे सहज उपलब्धता गराउन,बिरामीलाई अस्पताल सम्म पुर्याउने सहज माध्यम तयारी राख्न र गरिब विपन्न,विद्यार्थी,मजदुर समुदायलाई तत्काल राहत दिन पनि सरकारको ध्यानाकर्षण गराएका छन ।
कोरोनाको सङ्क्रमण रोक्न सरकारले गरेको लक डाउनले नागरिकहरुलाई पुग्ने असुबिधा कम गर्न र कोरोनाको सङ्क्रमण रोक्ने प्रयासलाई थप प्रभाबकारी बनाउन उनले सरकारलाई सुझाब दिएका हुन ।
सरकारलाई पौडेलका ४ सुझाब्
१ -अत्यावश्यक बस्तुहरुकाे सहज उपलब्धता
२ -बिरामीलाई अस्पताल सम्म पुर्याउने सहज माध्यम
३ -गरिब विपन्न,विद्यार्थी,मजदुर समुदायलाई तत्काल राहत
४-फोहरमैला ब्यबस्थापन
लकडाउनलाई निरन्तर प्रभावकारी बनाई राख्न सरकारले निम्न व्यवस्थाहरुको तत्काल प्रबन्धका लागि ध्यानाकर्षण गर्दछु
१.अत्यावश्यक बस्तुहरुकाे सहज उपलब्धता
२.बिरामीलाई अस्पताल सम्म पुर्याउने सहज माध्यम
३.गरिब विपन्न,विद्यार्थी,मजदुर समुदायलाई तत्काल राहत
४फोहरमैला ब्यबस्थापन@ishwarpokhrel— Pradip Paudel (@paudelpradipNC) March 31, 2020










