नेपालमा लक डाउन जारी रहदा बिभिन्न देशहरुले नेपालमा रहेका आफ्ना नागरिकहरु धमाधम लईजान थालेका छन ।अहिले धेरैजसो मुलुकले आफ्ना नागरिकलाई धमाधम फिर्ता लगिरहेका छन् ।
यसैबिच नेपालमा रहेका चिनियाँ नागरिकलाई लिन आज (बुधबार) एयर चाइनाको जहाज काठमाडौं आउँदै छ ।
नेपाल पर्यटन बोर्ड स्रोतका अनुसार आज दिउँसो नेपालमा रहेका चिनियाँ नागरिकलाई लिएर जाने गरी एयर चाइना जहाज आउन लागेको हो ।
बोर्डले नेपालमा रहेका र घर फर्कन चाहने चिनियाँ पर्यटकलाई आफ्नो मुलुकको दूतावासमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।










