समाचार सामग्री अनधिकृत रूपमा हटाइनु गलत : नेपाल प्रेस युनियन काठमाडौं



काठमाडौं प्रेस डटकममा प्रकाशित समाचार सामग्री अनधिकृत रूपमा हटाइएको विषयमा नेपाल प्रेस युनियन काठमाडौं शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।युनियनका अध्यक्षा जगन्नाथ दुलालले बिज्ञप्ति मार्फत ध्यानाकर्षण भएको जनाएका हुन ।

सत्तामा रहनेहरूले मच्चाएको ब्रह्मलुटको बारेमा लेखिएको समाचार हटाउनुले ठूलो अनियमितता भएको आशंकालाई थप बल पुर्याएको बिज्ञप्तिमा जनाइएको छ ।

शाखाले उक्त घटनाले सरकार नै नियन्त्रित प्रेसको पक्षमा छ की भन्ने गम्भीर प्रश्न उब्जिएको भन्दै तत्काल छनबिनको माग समेत गरेको छ ।

 

 

 

प्रकाशित मिति : चैत्र २१, २०७६ शुक्रबार  ६ : २२ बजे