नेपाली कांग्रेसका महामन्त्री शसाङक कोइरालाले सिमानाकामा अलपत्र परेका नेपालीहरु तत्काल उद्धार गर्नुपर्ने बताएका छन् । बिहिबार एक टेलिभिजनलाई अन्तवार्ता दिदै महामन्त्री कोइरालाले नेपालीहरु भारतमा रोजगारीमा गएका नेपालीहरु कामै नगरे कसरी बाच्न सक्छन् भन्ने प्रष्न गर्दै नेपालीहरुलाई स्वादेशमै ल्याएर करेन्टानमा राख्नुपर्ने धारणा राखेका हन् ।
महामन्त्री कोइरालाले सिमा क्षेत्रमा अलपत्र नेपालीहरुको उद्धारका लागी प्रधानमन्त्री केपि शर्मा ओलीलाई छिट्टै भेटेर स्वादेशमै ल्याउन पहल गर्ने समेत बताएका हुन् । कोइरालाले देश संकटको घडीमा पुग्दा समेत भष्ट्रचार हुनु अकल्पनिय भएको भ न्दै सरकार मा हुनेहरुको चरित्र ठिक नभएको समेत उल्लेख गरे । कोइरालाले लकडाउनको बेला मजुरदार सरकारले तत्काल राहात पुर्याउनु पर्नेमा समेत जोड दिएका छन् ।
कोइरालाले विश्वभरी महामरीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासमा रहेका नेपाली जनतालाई आफ्नो पार्टीले जितेका स्थानिय तहमा जनताको सक्दो सहयोग गरेको र पटक पटक आफुले स्थानिय तहका नेताहरु संकटको घडीमा जनतालाई सहयोग गर्न निर्देशन दिइसकिएको पनि बताएका छन् ।
स्थानिय तहमा कांग्रेसका नेताहरुले आफ्नो स्थरमा काम गरिरहेका छन् कामको परिमाण नदेखिनुमा सरकारको त्रुटी भएको धारणा राखे ।
फरक प्रसंगमा महामन्त्री कोइरालाले लकडाउनको बेलामा आफुहरुको सरकारलाई असहयो गर्ने र सरकारको बिकल्प खोज्ने कुनै सोच नभएकोले बहुमतको सरकारले देशबाट कोरोना भाइरसलाई जसरी पनि नियन्त्रणमा लिनुपर्ने बताए ।








