प्रदेश १ मा कोरोना भइरस रोक्न पूर्ण तयारी छ :मुख्यमन्त्री राई



प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले कोरोना भइरस (कोभिड १९) लाई रोक्न पूर्ण तयारी गरेको बताएका छन् ।

विश्वमा माहामारीका रूपमा फैलिएको कोरोना भइरसको संक्रमणबाट प्रदेशका बासिन्दालाई बचाउने अभियानमा प्रदेश सरकार रहेको भन्दै मुख्यमन्त्री राईले सरकारले गर्नुपर्ने तयारीका सबै काम गरिरहेको बताए । प्रदेश सरकारले विज्ञ चिकित्सकहरूको टोली गठन गरी विभिन्न अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी, विशेष अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकका लागि चाहिने फरक–फरक खालका स्वास्थ्य, सुरक्षाका सामग्रीको र त्यसको आपूर्तिका लागि अध्ययन गरिरहेको बताए ।

यस्तै क्वारेन्टाइनमा रहेकाहरूको सुरक्षा र खाने बस्ने व्यवस्था सरकारले मिलाएको उनले जानकारी दिए ।शुक्रबारदेखि सञ्चालनमा आएको (कोभिड–१९) विशेष अस्पतालको निरीक्षण गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकार कोरोनाविरुद्ध लड्न प्रदेशका सबै क्षेत्रसँग सहकार्य गरी अगाडि बढेको बताए ।

प्रकाशित मिति : चैत्र २२, २०७६ शनिबार  ६ : ४६ बजे