लकडाउन थप लम्बिने संकेत



शनिबार  दिउँसो अपराह्न ४ चार बजे बालुवाटारमा  बस्ने मन्त्रिपरिषद्  बैठकले देशमा जारी लक डाउन एक हप्ताका लागी थप्ने तयारी भएको बुझिएको छ ।

लकडाउन लम्ब्याउने र चिकित्सा सामग्री खरिद् गर्ने लगायतका विषयमा निर्णय हुने बताइएको छ ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले कम्तीमा एक साता लकडाउन लम्ब्याउने तयारी गरेको बालुवाटार स्रोतले जानकारी दियो । एक साता लम्ब्याउने तयारी गरिएकोछ । त्यसपछि परिस्थिति हेरेर लम्बिने, नलम्बिने भन्न सकिन्छ,” स्रोतले भन्यो ।

मन्त्रिपरिषद्  बैठकको तयारी चलिरहदा नेपालामाअ थप ३ जनामा कोरोना सङ्क्रमण को पुष्टी भए सगै लक डाउन थप्ने सरकारको तयारी स्वभाबिक समेत देखिएको छ ।

 

प्रकाशित मिति : चैत्र २२, २०७६ शनिबार  ८ : ४१ बजे