गायिका कनिकाले कोरोनालाई जितीन



भारतीय गायिका कनिका कपुरको छैठौँ कोरोना संक्रमण परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

लखनउको सञ्जय गान्धि अस्पतालमा उपचाररत उनको पाँचौ टेस्टसम्म पोजेटिभ नतिजा आएको थियो।

विदेशको कार्यक्रममा सहभागी भएर स्वदेश फर्कदा उनले विमानस्थलको जाँच छलेर लखनउ आएको आरोप लागेको थियो। लखनउ आएपछि उनी २ वटा भिआइपि पार्टीमा सहभागी भएकी थिइन्।

उनको स्वास्थ बिग्रिएपछि जाँज गर्दा कोरोना भाइरस संक्रमण देखिएपछि पार्टीमा सहभागी पूर्व मुख्यमन्त्री लगायतकाको स्वास्थ परिक्षण गरिएको थियो।

प्रकाशित मिति : चैत्र २३, २०७६ आईतबार  १२ : १५ बजे