नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले देश कोरोनको चपेटामा परिरहेका बेला भ्रष्ट्रचार गर्ने कारवाहिको कटघरामा उभ्याउनु पर्ने बताएका छन् ।
मंगलवार एक टेलिभिजनमा कुरा गर्दै महामन्त्री कोइरलाले महामन्त्री कोइरालाले स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार भएको बारेमा यती धेरै कुरा उठी सक्दा पनि सरकार र सरकारका प्रधानमन्त्रीले छानबिन र कार्बाही गर्ने तत्पतता नदेखाउनु दुखद र उदेकलाग्दो भएको बताएका हुन ।
महामन्त्री कोइरालाले नेपाली कांग्रेस जहिले पनि देशमा भइरहेको भष्ट्रचारको बिरुद्दमा रहेको र भ्रष्टाचार बिरुद्द आवाज उठाइरहेको पनि उल्लेख गरे । नेपाली कांग्रेस अहिले प्रतिपक्षमा रहेको हुनाले पार्टिले भ्रष्टाचारको बिरुद्दमा सबैतिर आवाज उठाइरहेको भए पनि सरकारले कुनै सुनुवाइ नगरेर उल्टै भ्रष्टाचार र भ्रष्टाचारिलाई सम्रक्षण गरिरहेको पनि आरोप लगाए ।
टेलिभिजनमा कुराकानिका क्रममा महामन्त्री कोइरलाले नाकामा अलपत्र नेपालीहरुलाई सरकारले आफ्नो देशमा ल्याएर क्वारेन्टाइनमा राख्नु पर्ने माग गरे ।
अर्को प्रश्नमा महामन्त्री कोइरालाले राष्ट्र संकटमा परिरहेको बेला हाम्रो ध्यान सरकार परिवर्तन नभई कोरोना भाइरस नियन्त्रणको लागि सरकारसंग सहकार्य गरेर एकजुट हुनुपर्ने बताएका हुन् । कोइरालाले कोरोनालाई नियन्त्रण गर्न सम्पुर्ण नेपाली जनताहरुलाई आफ्ना महत्वपुर्ण कामहरुमा सावधानी अपनाउनु पर्ने बताए ।
कोइरालाले पार्टी पदाधिकारिहरुको समिक्षा बैठकमा सरकारले गरेको लकडाउनको बारेमा छलफल भएको र लकडाउनलाई सहयोग गर्नेमा नेताहरु बिच एक मत देखिए पनि लक डाउन बाहेक सरकारले गरेको अन्य तयारी फितलो देखिएकोमा सरकारलाई सचेत गराइएको पनि बताए ।
लक डाउनले मात्रै समस्याको समाधान नहुने भएकोले सरकारले गर्नुपर्ने परिक्षण र भाइरसको सङ्क्रमण रोकथामका अन्य उपायहरु तर्फ पनि उत्तिकै ध्यान दिनुपर्ने धारणा राखे ।








