मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदुरपश्चिमका तीन जिल्लाबाट ८०२ नमूना परीक्षण गर्न काठमाण्डौ ल्याइयो



कोरोना संक्रमण भए नभएको परिक्षणका लागी सरकारले सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम र दिपायल तथा कर्णाली प्रदेशका जुम्ला र सर्खेतबाट नमूना संकलन शुरु गरेको छ ।

अछाम, जुम्ला र सुर्खेतबाट ८ सय २ वटा स्वाबको नमूना संकलन गरिएको छ । ८ सय २ नमूनाहरु पीसीआर टेस्टका लागि संकलन गरिएको र काठमाडौं ल्याइसकिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

तेस्तै  विगत ९६ घन्टा यता नेपालमा नयाँ कोरोना भाइरस संक्रमित बिरामी नभेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। बुधबार मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङकका क्रममा प्रवक्ता डा. विकास देवकोटाले नेपालमा कोरोना भाइरस संक्रमित नयाँ बिरामी नभेटिएको जानकारी दिए।

उनका अनुसार हालसम्म काठमाडौं उपत्याकाभित्र १९६५ जनाको र उपत्यका बाहिर ४ सय १ जनाको कोरोना भाइरसको परीक्षण गरिएको हो।

उपत्यका र उपत्यकाबाहिर गरी जम्मा २ हजार ३ सय ६६ जनाको परीक्षणमा नयाँ संक्रमित नदेखिएको डा देवकोटाले बताए। उनका अनुसार मन्त्रालयले नमुना परीक्षणको कामलाई विस्तार गरिएको छ।

प्रवक्ता देवकोटाका अनुसार आइतबार, सोमबार र मंगलबार पनि नयाँ संक्रमित भेटिएका थिएनन्। योसँगै पछिल्लो ९६ घन्टा (४ दिन)यता नयाँ कोरोना संक्रमित नभेटिएका हुन्। शनिबार भने एकैदिन ३ जना कोरोना संक्रमित भेटिएका थिए।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ११ : ४८ बजे