सरकारको निर्णय फेरियो,काठमाडौँ उपत्यकामा रहेकालाई बाहिर जान दिने निर्णय रद्द



लकडाउनका बेला भोलि र पर्सि काठमाडौँबाट बाहिरा जान चाहनेहरुलाई उपत्यका बाहिर जान दिने निर्णय सरकारले बदर गरेको छ ।यसअघि सरकारले उपत्यकामा बसोबास गरेका र घर जान चाहनेहरुलाई बाहिर पठाउनेबारेमा छलफल गरिरहेका बेला भोली र पर्सी काठ्माण्डौ बाहिर जान दिने समाचारहरु सार्वजनिक भएका थिए ।

सरकार उक्त निर्णयकै पक्षमा भएको भए पनि प्रदेश सरकारहरुले विरोध गरेपछि संघीय सरकारले निर्णय परिवर्तन गरेको बताइएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित गृहमन्त्रीलगायतको छलफलले उपत्यकाका मानिसलाई बाहिर पठाउदा कोरोनाको थप जोखिम हुनसक्ने भन्दै बाहिर नपठाउने निर्णय गरेको हो ।

यो पनि पढ्नुहोस

काठमाडौंबाट बाहिर जान दिने तर काठमाडौं जान नदिने कुरा सत्य होइन होला : मुख्यमन्त्री पोखरेल

प्रकाशित मिति : चैत्र २७, २०७६ बिहिबार  १२ : ४३ बजे