कांग्रेस सांसद कर्मा घलेले स्वास्थ्यमन्त्री मार्फत सरकारलाई दिए तीन हजार लिटर स्यानिटाइजार



कांग्रेस सांसद कर्मा घलेले १० हजार लिटर सेनिटाइजर उपलव्ध गराउने घोषणा गरे बमोजिम सरकारलाई सेनिटाइजर उपलव्ध गराउन थालेका छन ।सांसद  एबम नेता घलेले आफ्नो औषधी उत्पादक कम्पनी सुमि फर्मास्युटिकलबाट उत्पादन शुरु गरेको सेनिटाइजर १० हजार लिटर सरकारलाई उपलव्ध गराउने घोषणा गरेका थिए ।

आज पहिलो चरणमा सहयोग स्वरूप ३ हजारलिटर सुरक्षा स्यानिटाइजर स्वास्थ्य तथा जनसंख्या मन्त्रीमार्फत संघिय हस्तान्तरण गरेको नेता घलेले बताए ।

बाकी ७ हजार लिटर प्रदेश सरकारहरुलाई उपलब्ध गराइने घलेले बताए ।सातै प्रदेशका लागि स्यानिटाइजर पठाउन थालीसकिएको हुनाले अब छिट्टै सबै प्रदेश अन्तर्गतका सामाजिक विकास मन्त्रालयसम्म पुर्याइने तयारी भइरहेको उनले जानकारी दिए ।

भौगोलिक दुरिका हिसाबले टाढाका प्रदेशहरुमा पुग्न केहि समय बढी लाग्ने र अन्य प्रदेशहरुमा भोली सम्म पुगी सक्ने उनले बताए ।

नेपाली कांग्रेसको तर्फबाट मनाङ प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद घलले अहिले सबै मिलेर कोरोना सङ्क्रमण बिरुद्द लड्ने समय भएकोमा जोड दिदै घलेले कोरोना उपचार हुने अस्पताल, विभिन्न ठूला सरकारी अस्पताल, नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी, जेल लगायत सबै ठाउलाई पुग्ने सेनिटाइजर उत्पादन गर्ने तयारी भइरहेको समेत बताए ।

प्रकाशित मिति : चैत्र २८, २०७६ शुक्रबार  १० : २४ बजे