कांग्रेस महामन्त्री डा . शशाङ्क कोइरालाले नयाँ बर्ष २०७७ को अबसरमा सबै नेपालिहरुलाई शुभकामना ब्यक्त गरेका छन ।
महामन्त्री कोइरालाले शुभकामना सन्देश मार्फत नेपालभित्र र संसारभरि रहेका सम्पूर्ण नेपालीहरुमा सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको समेत कामना गरेका छन ।
सन्देशमा कोइरालाले विश्वव्यापी महामारी कोरोनाभाइरस कोभिड १९का कारण मानव जातिले नैं त्रासदीपूर्ण संकट झेलिरहेको अवस्थामा उच्च मनोबलका साथ सुरक्षित रहन पनि सबैलाई अनुरोध गरेका छन ।
कोरोना भाइरसका कारण उत्पन्न भएको सामाजिक तथा आर्थिक प्रभावको बारेमा संवेदनशील भएर साझा रणनितीका साथ सबै मिलेर अघी वढ्न डा. कोइरालाले सबैलाई आग्रह गरेका छन ।
कोरोनाभाइरसको महामारीसंग जुध्न नेपाल सरकारले गरिरहेका प्रयत्नहरुलाई परिणाममुखी बनाउन नेपाली कांग्रेसले सरकारलाई निरन्तर साथ दिदै आएको बताउदै अहिलेको अफ्ठेरो घडिमा सरकारले जिम्मेवार रुपमा काम गरिरहेको छ भन्ने कुरामा जनतालाई आश्वस्त पार्नुपर्ने पनि शुभकामना सन्देशमा कोइरालाले उल्लेख गरेका छन ।








