कांग्रेस नेता कार्कीद्वारा काठमाण्डौमा समस्या परेका सोलुखुम्बुबासीहरुलाई सहयोगमा निरन्तरता



नेपाली कांग्रेस सोलुखुम्बुका नेता एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीले लक डाउनका बेला समस्यामा परेका सोलुखुम्बुबासीहरुलाई गरी रहेको सहयोगलाई निरन्तरता दिएका छन ।

यस अघी नेता कार्किले अध्ययन तथा अन्य सिलसिलामा सोलुखुम्बुबाट काठमाण्डौमा आइ बसोबास गरिरहेका १०७ जना सोलुखुम्बुबासीहरुलाई खाधान्न र दैनिक उपभोग्य सामाग्रीहरु सहयोग गरेका थिए ।

लक डाउनको अबढी निरन्तर थपिदा जादा समस्यामा परेर सहयोगको आग्रह गर्ने थुप्रै परिवारहरुलाई नेता एबम समाजसेवी कार्किले पुन: खाधान्न र दैनिक उपभोग्य सामाग्रीहरु सहयोग गरेका छन ।

काठ्माण्डौको कोटेश्वर,जडिबुटी ,पेप्सिकोला,काडाघारी, गोठाटार,नयाँ बस्ती ,बौद्ध टुसाल,आरुबारी ,कपनचौकी,आकाशेधारा,बालुवाखानी ,सुकेधारा ,धुम्बाराही ,पैयाटार ,भङ्गाल ,गोकर्ण ,बेसिगाउँ ,गैरिघाट,मैजुबहाल,भत्केको पुल,टोखा ,बानियाटारसम्म पुगेर कार्किले सोलुखुम्बुवाट काठ्माण्डौ आइ बसोबास गरिरहेका १७६ परिवारहरुलाइ दोश्रो पटक राहत स्वरुप विभिन्न खाद्य सामाग्री सहयोग गरेका हुन ।

सहयोग सामाग्री बितरणमा सोलुखुम्बु कांग्रेसका नेताहरु राम बहादुर बस्नेत र मनोज खड्का लगायत सहभागी थिए ।

नयाँ बर्ष २०७७ को उपलक्षमा सबैलाई शुभकामना ब्यक्त गर्दै नेता कार्किले अहिले देश र पुरै बिश्वले नै सङ्कटको सामाना गरिरहेकोले सबैले सक्दो सहयोग आदान प्रदान गरे समस्यासग लड्न सहज हुने कार्किले बताए ।लकडाउन थपिदै जादा असहज अवस्था झेल्नु परेको बेला सक्दो सहयोगको आदान प्रदान गर्दै नागरिक कर्तब्यबोध गर्न जरुरी रहेको कार्किले बताए ।

सोलुखुम्बु जिल्लाको बिकास र जिल्लाबासीहरुलाई सक्दो सहयोग पुर्याउन आफु सधै तयार रहेको नेता कार्किले बताउने गरेका छन ।

प्रकाशित मिति : बैशाख १, २०७७ सोमबार  ५ : ४२ बजे