भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बिहान राष्ट्रको नाममा सम्बोधन गर्दै भारतमा वैशाख २१ गते (३ मे) सम्मका लागि लकडाउनको समय थप्ने घोषणा गरेका छन ।
सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले लकडाउन बढेसँगै यसअवधिमा पहिलेभन्दा बढी सतर्कता बढाउन आवश्यक रहेको बताएका छन् उनले सबैसँगको सल्लाह र सुझावका आधारमा यस्तो निर्णय लिइएको जानकारी दिएका छन् ।
लकडाउन राम्रोसँग पालना गरिए शर्तसहित वैशाख ८ पछि केही छुट दिइने पनि उनले बताए।प्रधानमन्त्री मोदीले भारतीयले यसअघिको २१ दिने लकडाउनमा धेरै पीडा र कष्ट सहेको बताउदै भने, “जनताले लकडाउनका कारण धेरै कष्ट सहनुभएको छ । तपाईंहरुको त्यागप्रति उच्च सम्मान प्रकट गर्दछु । समयमै सजगता नअपनाइए स्थिति झन खराब हुने थियो ।”
यदि कुनै पनि इलाकामा कोरोनाको संक्रमण बढी देखिन्छ भने ती अनुमती पुनः फिर्ता लिइने उनले बताए। पछिल्लो २६ दिनमा मोदीको यो चौथो राष्ट्रको नाममा सम्बोधन हो ।










