डडेलधुरा अमरगढी नगरपालीका २ मा तिन सय लिटर अवैध घरेलु मदिरा सहित कच्चा पदार्थ वरामद गरि नष्ट गरिएको छ । अमरगढी नगरपालीका वडा नम्वर २ चिलटावरमा एक घरमा अवैध घरेलु मदिरा उत्पादन हुने गरेको भन्ने जानकारी पाएपछि प्रहरी सहित स्थानिय जनप्रतिनिधिको सहयोगमा छापा मारी तिन सय लिटर अवैध घरेलु मदिरा वरामद गरेको हो ।
डडेल्धुरा वागवजार स्थित प्रहरी चौकीका ईन्चार्ज गणेश धामीको नेतृत्वमा गएको प्रहरी र वडा नम्वर २ का वडा अध्यक्ष मनोरथ खडायत सहितको टोलीले वुधवार अवैध घरेलु मदिरा वरामद गरि नष्ट गरेको हो ।
वडा नम्वर चिलटावर का स्थानिय गिता थापाको घरमा तयारी अवस्थामा रहेको तिन सय लिटर मदिरा सहित कच्चा पर्दा,मदिरा उत्पादनका लागि प्रयोग गरिएका भाडाकुडाँ वरामद गरेको वागजार प्रहरी चौकीका ईनचार्ज धामीले वताउँनु भयो ।
गाउँमा अवैध मदिराको कारोवार भईरहेको भन्ने स्थानिय वासीन्दाले जानकारी दिएपछि वडा अध्यक्ष सहित गएको टोलीले थापाको घरमा तयारी अवस्थामा रहेको अवैध घरेलु मदिरा नष्ट गरी आगामी दिनमा मदिरा उत्पादन नगर्ने सर्तमा निज थापालाई छोडीएको समेत धामीले वताउँनु भयो ।
वडा नम्वर २ लाई अवैध मदिार मुक्त वडा वनाउँनका लागि आफु लागि परेको वडा अध्यक्ष खडायतले वताउँनु भयो ।‘वडा २ मा केही स्थानमा अवैध रुपमा घरेलु मदिरा उत्पादन हुने गरेको छ,ती स्थानको पहिचान गरेर कारवाहीलाई तिव्रता दिएका छौं ।’उनले भने । ‘अवैध घरेलु मदिरा वनाउँन छोड्नु होस्, घरेलु मदिरा उत्पादन गरि जिविको पार्जन गर्नेहरुको रोजगारीका लागि आफु सक्दो सहयोग गर्न तयार रहेको छु । ’
अवैध घरेलुका कारण गाउँमा आपराधिक क्रियाकलाप वढ्न थालेको भन्दै मदिरा उतपादन गर्नेलाई कारवाही गर्न स्थानिय वासीन्दा प्रहरी प्रशासनलाई कारवाहीका लागि आग्रह गर्न थालेका छन् । वडा नम्वर २ का विभिन्न स्थानमा अवैध घरेलु मदिरा उत्पादन हुने गरेको छ ।










