उच्चस्तरीय समन्वय समितिलाई प्रधानमन्त्रीले बोलाए



उपप्रधानमन्त्री इश्वर पोखरेल सहित कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्यलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएका छन्।

समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले समिति सदस्यहरूलाई दिउँसो ४ बजे बालुवाटार बोलाएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन ।

बालुवाटार जानुअघि केहीबेरअघि सिंहदरबारमा उक्त समितिको बैठक बसेको थियो।

प्रकाशित मिति : बैशाख ५, २०७७ शुक्रबार  ११ : ०१ बजे