सर्वोच्च अदालतले पैदल हिँडेर घरतर्फ जाँदै गरेका नागरिकहाँरुलाई सुरक्षित रुपमा गन्तव्यमा पु¥याउन सरकारलाई आदेश दिएको छ ।
सुरक्षाको उपाय अवलम्वन गर्दै निशुल्क रुपमा गन्तव्यमा पु¥याउन न्यायाधीशहरु आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले सरकारलाई आदेश दिएको हो ।
अपनाउनुपर्ने सबै आवश्यक उपायहरु अवलम्वन गर्दै अत्यन्त प्राथमिकताको साथ उनीहरुलाई अविलम्ब सबै राजमार्गहरुबाट सवारी साधनहरुको निशुल्क व्यवस्था गरी उनीहरुको गन्तव्य स्थानमा पुर्याइदिनू ।’आदेशमा सर्बोच्च ले भनेको छ ।
महिला, बालबालिका, जेष्ठ नागरिक, शारीरिक रुपमा अस्वस्थ व्यक्तिहरुको विशेष सुरक्षा गर्न पनि सर्वोच्चले आदेशमा भनेको छ ।
अधिवक्ता प्रकाशमणि शर्मालगायतले दायर गरेको रिटमा सुनुवाई गर्दै सर्बोच्चले सरकारका नाममा यस्तो आदेश गरेको हो ।
पछिल्लो समय लक डाउन लम्बिदै गएपछी राजधानी बाहिर घर हुनेहरु काठमाण्डौमा असुरक्षित ठानी गाउ फर्किने क्रम बढेको छ ।
यातायातका साधन नपाइदा टाढा टाढा सम्म नागरिकहरु भोकको समेत पर्बाह नगरि हिडेरै जान थालेपछी सरकारको ब्यापक आलोचना भइरहेको छ ।








