कोरोनाबाट ग्रसित अमेरिकामा पलायो झिनो आशा, पछिल्लो २४ घण्टाको अपडेट



काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरासका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८ सय ५७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३९ हजार ११ पुगेको छ ।

अघिल्लो दिनको तुलनामा आजको मृत्यु झण्डै ७ सय कम हो । हिजो २ हजार ४ सय ९८ जना बढीले ज्यान गुमाएका थिए ।

एकैदिन २८ हजार ९ सय ६२ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ७ लाख ३८ हजार ६ सय ९७ बढी पुगेको छ । संक्रमितमध्ये १३ हजार ५ सय ५१ जनाको अवस्था गम्भीर रहेको छ भने ६८ हजार २ सय ६९ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : बैशाख ७, २०७७ आईतबार  १ : १४ बजे