वेसाहराका सहारा वन्दै डडेल्धुराका प्रकाश साउद



कोरना भाईरसको संक्रमण रोक्नका लागि नेपाल सरकारले आह्वान गरेको लक डाउँनका कारण विचल्लीमा परेका वेसाहराको सहारा वन्न थालेका छन् डडेल्धुराका प्रकाश साउद । नेपाल चेम्वर अफ कर्मस सुदुरपश्चिमका अध्यक्ष एवं उद्योग वाणिज्य महासंघ का पुर्व केन्द्रीय सदस्य समेत रहनु भएका प्रकाश साउँदले डडेल्धुरा सहित विभिन्न जिल्लाका अल्पत्र परेकाहरु लाई सहयोग गर्नु भएको छ ।

लक डाउँन शुरु भएदेखि हाल सम्म करिव २ सय जनालाई राहत देखी आर्थीक सहयोग गरेको समाज सेवी साउदले वताउँनु भयो । लक डाउँनका कारण दैनिक उपभोग्य वस्तुको अभावका कारण चुलो वल्न समेत वन्द हुन थालेपछि साउदले राहतमा चामल देखी तेल ,नुन,दाल समेत दिएका छन् । केही दिन पहिले गन्यापधुरा गाउँपालिका वाड नम्वर १ भेटामा रहेका १४ परिवारलाई प्रति परिवार १० किलो चामल दिनु भएको छ । गाउँपालिकाको वडा नम्वर १ ले ति मुक्त हलिया परिवारलाई राहत नदिएपछि साउदले राहत स्वरुप राहत दिनु भएको थियो । भेटामा रहेका मुक्त हलिया परिवारले आफु संग साझको छाक टार्नका लागि समस्या भयो भन्ने गरी फोन गरेपछि आफुले भात्काँडा वजारमा रहेको पशललाई जानकारी गराएर चामल दिएको साउदले वताउँनु भयो ।

‘उनिहरुको चुलो वल्न छोडेपछि आफुले राहत स्वरुप चामल मात्रै दिएको हु, ।’उनले भने । ‘आफु कुनै राजनितिक गर्नु भन्दा पनि मानवियताका हिसावले चामल देखि आर्थीक समेत दिनुका साथै वाटोमा अल्पत्र परेकाहरुलाई सहयोग गरिरहेको हु । ’

गन्यापधुराका मात्रै नभई अमरगढी नगरपालीकाका विभिन्न वडामा रहेका विपन्न ,गरिव,ज्यालादारी गरी जिविको पार्जन गर्ने हरुलाई राहत दिएका छन् । लक डाउनका कारण दैनिक छाक टार्न समस्या पर्नुका साथै विभिध कारणले विच वाटोमै अल्पत्र परेकाहरुको उद्धार समेत गर्ने गरेका छन् । अपि अस्पतालमा निर्माण गरिएको क्वारीन्टाईनमा वासका साथै खाना खान नपाएकालाई खाना देखी खाजा समेत खुवाउँने गरेको उहाले वताउँनु भयो ।यसैगरी साउँदले पछिल्लाभे समयमा विरामीलाई निशुल्क रुपमा घरमै औषधी समेत पुगाउँन थालेका छन् ।

विशेष गरि दिर्घ रोगीहरु औषधी नपाएर समस्या परेकाहरुले फोन मार्फत जानकारी गरे घरमै निशुल्क औषधी पुगाउने गरेको समेत साउदले वताउनु भयो । हाल सम्म गरेको सहयोग कसैवाट नलिई आफ्नै लगानीमा गरिरहेको समेत साउँदले वताउँनु भयो ।

प्रकाशित मिति : बैशाख ८, २०७७ सोमबार  ६ : ५६ बजे