लकडाउन हटाएको १२ दिनपछि चीनले कोरोना भाइरसको उद्गमस्थल वुहानलाई भाइरसको कम जोखिमयूक्त क्षेत्र घोषणा गरेको छ।
चीनको स्टेट काउन्सिलले जारी गरेको जोखिम मापदण्ड अनुसार ५० वा सो भन्दा बढी संक्रमित केस भएको तर प्रकोपको जोखिम नभएको क्षेत्रलाई मध्य जोखिम क्षेत्र र ५० भन्दा बढी केस देखिएको र प्रकोपको जोखिम भएको क्षेत्रलाई उच्च जोखिमपूर्ण क्षेत्रका रुपमा परिभाषित गरिएको छ।
चीनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ६३२ पुगेको छ।
८२ हजार ७ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ।










