भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या १७ हजार नाघेको छ ।
भारतको गृह मंत्रालयले मुंबई, कोलकता, जयपुर र इंदौर लगायतका शहरहरुमा कोरोना संक्रमणको स्थिति गम्भिर भएको बताएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा एक हजार पाँच सय ५३ जना नयाँ संक्रमित थपिएका छन ।
यो सङ्क्रमणको अहिलेसम्मकै उच्च दर भएको बताइएको छ ।
अहिलेसम्म कोरोना भाइरसबाट १७ हजार दुई सय ६५ पुगेको छ ।
त्यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि पाँच सय ४३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा यो भाइरसको कारण ३५ जनाको मृत्यु भएको हो ।
अहिलेसम्म भारतमा दुई हजार पाँच सय ४७ संक्रमित निको भइसकेका छन् ।










