पार्टी विभाजन सम्बन्धी अध्यादेश ल्याउने निर्णयपछी पूर्व माओवादी मन्त्रीहरु प्रचण्ड निवासमा



सरकारले राजनीतिक दलसम्बन्धी कानुन संशोधन गर्नेगरी अध्यादेश ल्याउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्बन्धि ऐनमा पार्टी विभाजनका लागि ४० प्रतिशत संसदीय दल सदस्य भए पुग्नेगरी अध्यादेश जारी गर्ने निर्णय गरेको बताइएको छ ।

उक्त निर्णय गर्न मन्त्रीपरिषदमा छलफल हुँदा  पूर्व माओवादीका मन्त्री बर्षमान पुनले उचित नहुने धारणा बैठकमा राखेका थिए।

मन्त्री बर्षमान पुनको असहमतीमै उक्त निर्णय भएपछी त्यस लगत्तै केहि माओवादी मन्त्रीहरु उर्जा मन्त्रालयमा जम्मा भएर खुमलटार पुगेका छन ।

नेकपाका अध्यक्ष प्रचण्डले पूर्व माओवादीका सबै मन्त्रीलाई आफ्नो निवास ललितपुरस्थित खुमलटार बोलाएपछी पूर्व माओवादीनिकट मन्त्रीहरु प्रचण्ड निबास पुगेको बताइएको छ ।

प्रकाशित मिति : बैशाख ८, २०७७ सोमबार  १० : ३७ बजे