काठमाडौं । सरकारले सोमवार ल्याएका अध्यादेशहरु फिर्ता नलिए नेपाल तरुण दलले आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । मंगलबार अध्यक्ष जीतजंग बस्नेतले प्रेस विज्ञप्तिमार्फत सरकारले ल्याएका अध्यादेश फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।
“देश, जनता र लोकतन्त्र बिरोधी बिधेयक फिर्ता नलिए तरुण दल लोकतन्त्र र नेपाली जनताका पक्षमा आन्दोलनको जस्तोसुकै आँधिबेहरी ल्याउनसमेत पछि नपर्ने चेतावनी दिन चाहन्छु,” उनले भनेका छन्, “आन्दोलनले निम्त्याएको सम्पूर्ण क्षतिको जिम्मेवार केपी सरकार नै हुनेछ भन्ने स्मरण तरुण दल गराउन चाहन्छ ।”
तरुण दलले सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीले पास गरेका राजनीतिक दल र संबैधानिक परिषद्सम्बन्धी अध्यादेश आपत्तिजनक र गैह्रजिम्मेवार कदम भएको भन्दै आपत्ति जनाएको छ । अध्यादेश रास्ट्रपतिबाट पारित हुनु देश र नागरिकका लागि दुर्भाग्यपूर्ण अवस्थाको चित्रण भएको तरुण दलले ठहर गरेको छ ।








