लकडाउनको मौका छोप्दै फेरी मौलायो चुरेमा अवैध काठ कटानी



कुनै समय काठ कटानीमा वदनाम कमाएको डडेल्धुराको चुरे क्षेत्रमा फेरी लक डाउँनको मौका छोपेर अवैध सालको रुखकको कटानी हुन थालेको छ । लक डाउनका समयमा वन कर्मचारी सहित मानिसहरुको आवतजावत कम हुने मौका छोपी जिल्लाको पर्शुराम नगरपालीकाका राष्टिय वन देखी सामुदायिक वनमा सालको रुख काट्ने क्रम वढेको हो ।

पर्शुराम नगरपालीकाको वडा नम्वर १२ को राष्टि वन क्षेत्र र वडा नम्वर ७ को एक सामुदायिक वनमा सालका रुख काटिन थालेका छन् । वडा नम्वर १२ को डङसेरा सामुदायिक वन संग जोडिएको राष्टिय वन र वडा नम्वर ७ को सुन्दर सामुदायिक वनमा अवैध रुपमा रुखक काटन थालेका छन् । सालका रुख काटेर जगलमै चिरान गरेर तस्करी भईरहेको नाम नवताउँने सर्तमा स्थानिय वासीन्दाले वताएका छन् ।

राष्टिय वनमा काठ तस्करको सिकाईमा राउटेले अवैध रुमा सालका रुख काटेका थिए भने सुन्दर सामुदायिक वनमा साुमदायिक वनकै पदाधिकारीकै संलग्नतामै सालका रुख काटेर तस्करी भईरहेको सादनीका स्थानिय वासीन्दाले वताउँनु भयो । सुन्दर सामुदायिक वनमा करिव एक साता पहिले देखी सालका रुख काट्न थालिएको हो । लक डाउनको अवधीभर सामुदायिक वन देखी राष्टिय वनमा कुनै पनि गतिविधि गर्न नपाईने भएपनि लक डाउनको मौका छोपेर चुरे क्षेत्रमा धमाधम सालका रुख काटेर काठ तस्करी भईरहेको छ ।

यस्का वारेमा डिभिजन वन कार्यालय डडेल्धुरा भने वेखवर रहेको छ । वडा नम्वर १२ को राष्टिय वनमा वनाइएका टहरा जलाइएको भएपनि सुन्दर सामुदायिक वनमा काटिएको काठका वारेमा भने जानकारी नभएको डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख विष्णु प्रसाद आचार्यले वताउँनु भयो । ‘लक डाउनको समयमा पनि सामुदायिक वन देखी राष्टिय वनमा निगरानी वढाउँदा वढाउँदै जादा पनि केही स्थानमा काटिएको हुन सक्दछ,’उनले भने । ‘अव सामुदायिक वनका पदाधिकारी संगको सहकार्यमा अवैध रुख कटानी गर्नेको खोजी गरि दोशीलाई कारवाही गरिन्छ’ । विगत लामो समय देखी भित्रिमधेशको आलिताल र पर्शुराम नगरपालीकामा सहज रुपमा रुख कटानीमा रोक लगाएपछि काठ तस्कर अत्तालिएका छन् ।

आलिताल गाउपालिका र पर्शुराम नगरपालीकाका दुर्गम क्षेत्रमा अवैध रुपमा सालका रुखको कटानी गरि काठ तस्कर गर्ने क्रम वढेको भन्दै स्थानिय वासीन्दाले चिन्ता व्यक्त गरेका छन् । केही दिन पहिले आलितालको चुरे क्षेत्रवाट काठ काटि तस्कर गर्ने क्रममा कञ्चनपुरमा पक्राउ परेको थियो । कञ्चनपुर वाट चुरेका विभिन्न स्थान सडक संजाल जोडिदा काठ तस्कर लाई काठ तस्करीका लागि सहज भएको छ । चुरे क्षेत्रमा सडकको संजाल जोडिएको भएपनि ति स्थानमा कुनै पनि सुरक्षा निकायका साथै वन कर्मीको उपस्थीति नहुँदा काठ तस्करलाई तस्करीका लागि झनै सहज भएको छ । भित्रिमधेशका सामुदायिक वन देखी राष्टिय वन भित्र काठ चिरानी गरी कञ्चनपुरमा काठ तस्करी हुने गरेको स्रोतले वताएको छ ।

प्रकाशित मिति : बैशाख १०, २०७७ बुधबार  ७ : ४४ बजे