लकडाउन अझै लम्बिन्छ : प्रधानमन्त्री ओलि



प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सीमा नाका तत्काल नखुल्ने र लक डाउन लम्बिन सक्ने बताएका छन्।

ओली र नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष प्रचण्डले आफ्ना पार्टीका संघीय सांसदहरूलाई बुधबार दिउँसो ब्रिफिङ गर्दै यस्तो बताएका हुन । दुई अध्यक्षले प्रदेशका सांसदहरुलाई फरकफरक समयमा बोलाएर विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका छन्।

भारतमा कोरोना सङ्क्रमण भयावह बनिरहेको बताउँदै त्यसले पनि लकडाउनको निरन्तरतादिन जरुरी भएको ओलिको भनाइ थियो । सीमा नाकामा थप कडाइ गरेर मुलुकभित्र खुकुलो गर्न सकिन्छ कि भनेर पनि सम्भावनाको खोजी गरिरहेको र छिट्टै निष्कर्षमा पुगिने प्रधानमन्त्रीले बताएका थिए ।

छलफलमा हालै जारी भएका दुई अध्यादेश, कोरोना भाइरसविरूद्ध जारी लकडाउन र आगामी कार्यभार लगायतका विषयमा सांसदहरूलाई स्पष्ट पारिएको छ ।

ओलीले सरकारले सोमबार ल्याएको दुईवटा अध्यादेशबारे टिका टिप्पणी नगर्न निर्देशन दिएका छन्।ओलीले राजनीतिक दलसम्बन्धी पहिलो संशोधन अध्यादेश कसैप्रति परिलक्षित नभइ आवश्यक परेर ल्याएको बताएका छन् ।

दुई दिनअघि सरकारले अकस्मात पार्टी विभाजनको व्यवस्था खुकुलो बनाउँदै अध्यादेश ल्याएपछि नेकपाभित्र राजनीतिक तरंग आएको थियो।

प्रकाशित मिति : बैशाख १०, २०७७ बुधबार  ९ : ३४ बजे