नेपाली कांग्रेससहित अन्य बिपक्षी चार दलले सरकारले ल्याएका राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता नलिए आन्दोलनमा जाने चेतावनी दिएका छन ।
नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा बुधवार बसेको बैठकले सरकारले ल्याएका अध्यादेशले लोकतन्त्र समाप्त पार्ने, राजनीति अस्थिरता निम्त्याउने एबम तानाशाही व्यवस्थातर्फ मुलुकलाइ लैजाने निकर्ष सहित अध्यादेश फिर्ता निलिए आन्दोलनमा उत्रीने चेतावनी दिएको हो ।
.बुधबार कांग्रेस पार्टी कार्यालय सानेपामा समाजवादी, राजपा र राप्रपाका शीर्ष नेताहरूको संयुक्त बैठक बसेको थियो । बैठकले सामाजिक दुरी कायम गर्ने व्यवस्था मिलाई तत्काल संघीय संसदको बैठक बोलाउन सरकारसँग माग गरेको छ ।
छलफलमा शभापती देउवा सहितका काँग्रेस शिर्ष नेताहरु र समाजवादीबाट डा.बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ, राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव, शरदसिंह भण्डारी र राप्रपाबाट पशुपतिशम्शेर राणा सहभागि थिए ।










