काठमाडौं । बुधबार मध्यरातमा एकिकरण भएको राजपा र समाजवादी पार्टी मिलेर एक भएको ‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता हुने प्रक्रिया सुरू भएको छ। पार्टी दर्ताका लागि उपेन्द्र यादव, राजेन्द्र महतोलगायत नेताहरूअहिले निर्वाचन आयोगको कार्यालयमा पुगेका छन्।
उनीहरूले नयाँ पार्टी दर्ताको निवेदन दिइसकेका छन्। नयाँ पार्टीका नेता वीरेन्द्रकुमार ठाकुरले दल दर्ताको प्रक्रिया सुरू भइसकेको र साँझसम्म सबै कुरा टुंग्याउदै आजै सभामुखलाई पनि जानकारी गराउने बताएका छन् ।
यसअघि तत्कालीन समाजवादी पार्टीकी नेतृ रेणु यादवलगायत सांसदले समाजवादी पार्टी फुटाएर नयाँ दल दर्ता गर्ने निर्णय गरेका थिए। तर बिहीबार बिहानसम्म उनीहरू आयोग कार्यालय पुगेका छैनन्।








